Rule 3
संविधान बमोजिम हुने नियुक्तिको प्रमाणीकरण

(१) प्रचलित संविधान तथा प्रतिनिधिसभाको घोषणा, २०६३ बमोजिम नियुक्त हुने देहायका पदको नियुक्तिको प्रमाणीकरण मुख्य सचिवले गर्नेछः–
(क) प्रधान न्यायाधीश,
(ख)  ……………….
(ग) सदस्य, न्यायपरिषद्,
(घ) प्रमुख आयुक्त, अख्तियार दुरुपयोग अनुसन्धान आयोग,

(ङ) महालेखा परीक्षक,
(च) अध्यक्ष, लोकसेवा आयोग,
(छ) प्रमुख निर्वाचन आयुक्त, निर्वाचन आयोग,
(ज) महान्यायाधिवक्ता,
(झ) ………………
(ञ) प्रधान सेनापति,
(ट) आयुक्त, अख्तियार दुरुपयोग अनुसन्धान आयोग,
(ठ) सदस्य, लोकसेवा आयोग,
(ड) आयुक्त, निर्वाचन आयोग,
(ढ) महासचिव, संसद सचिवालय,
(ण) सचिव, प्रतिनिधि सभा,
(त) सचिव, राष्ट्रिय सभा,
(थ) ………………
(२) उपनियम (१) बमोजिम भएको प्रमाणीकरणको आधारमा मुख्य सचिव आफैं वा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सचिवले सम्बन्धित पदाधिकारीलाई नियुक्तिपत्र दिनु पर्नेछ ।

(३) उपनियम (१) बमोजिम भएको प्रमाणीकरणको प्रति मुख्य सचिवले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राखी सोको प्रमाणित प्रतिलिपि सम्बन्धित मन्त्रालयमा पठाउनु पर्नेछ ।

(४) सर्वोच्च अदालतका न्यायाधीश, पुनरावेदन अदालतका मुख्य न्यायाधीश वा न्यायाधीश र जिल्ला न्यायाधीश पदको नियुक्तिको प्रमाणीकरण प्रधानन्यायाधीशले गर्नेछ ।

(५) उपनियम (४) बमोजिम भएको प्रमाणीकरणको आधारमा सर्वोच्च अदालतको रजिष्ट्रारले सम्बन्धित पदाधिकारीलाई नियुक्तिपत्र दिनु पर्नेछ ।